मधवलिया सामुदायिक अध्ययन केन्द्र स्थापना वि.स. २०६३/०३/१६ गतेका दिन अनुदान नपाउने गरी जि.शि.का दर्ता भएको । मधवलिया गा. वि.स. का १ देखि ९ वडाहरु साम्म र तामनगर सा.अ.के. बु.न.पा.१० र १५ सा. अ. के. को कार्य क्षेत्रमा रहेको थियो । बु. न. प. १४ र १५ मा द्घन्द विस्थापित अति बिपन्न वर्ग व्यक्तिहरु बढि भएकोले ६०% तामनगर सा. अ.के.मा र ४०% मधवलिया सा.अ.के.मा गरी कार्यक्रमहरु संचालन गरिएको थियो । २०६६ सालबाट मधवलिया सा.अ.के. तथा तामनगर सा.अ.के. ले आ–आफ्नो सा.अं.के. को जिम्मा लिइयो। यस मधवलिया सा.अ.के. २०६६ बाट अनुदान पाउने गरी हाल सम्म निरन्तर रुपमा कार्यक्रमहरु संचालन भइरहेको छ । मधवलिया सामुदायिक अध्ययन केन्द्र, रुपन्देही समुदायकै मानिसहरु मिलेर समुदायको विकासको लागी स्थापना र व्यवस्थापन गर्ने स्थानिय शैक्षिक संस्था हो । यो केन्द्र स्थानिय समुदायबाटै स्थापना गरि व्यवस्थापन गरिएको र समुदायका सदस्यहरुको आवश्यकता र ईच्छा आकांक्षा अनुसार कार्यक्रम सञ्चालन हुने भएकोले यसलाई सामुदायिक अध्ययन केन्द्र भनिएको हो । केन्द्र सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय रुपन्देहीको सिफारिसमा नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत अनौपचारिक शिक्षा केन्द्रबाट २०६३ सालमा स्विकृती लिइएको छ । यसले युनेस्को नेपालको सहयोगमा अनौपचारिक शिक्षा, सीप शिक्षा, चेतनामूलक शिक्षाको साथै बालविकासको कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सञ्चालनको लागी सरकारी तथा गैर सरकारी संघ, संस्था÷कार्यालयहरुसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने कार्यलाई केन्द्रले उच्च प्राथमिकता दिएको छ । यसले